रोबर्ट लेवनडोस्कीकाे निर्णायक गोलमा बार्सिलोनाको रोमाञ्चक जित

रोबर्ट लेवनडोस्कीकाे निर्णायक गोलमा बार्सिलोनाको रोमाञ्चक जित

केन्द्रबिन्दु
0
Shares

डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार सात गोलको रोमाञ्चक खेलमा भिल्लारियललाई ४–३ ले पराजित गरेको छ । खेलको ७१ औं मिनेटमा रोबर्ट लेवनडोस्कीले निर्णायक गोल गरे । त्यसअघि फेरान टोरेसले बराबरी गोल गरेका थिए । 

भिल्लारियलका लागि २–० ले पछाडि रहेको स्थितिमा जुवान फोयथ, एलेक्जान्डर सोरलोथ र एलेक्स बेनाले गोल गरेका थिए । खेलको सुरुआती १५ मिनेटभित्र जाभी र फ्रेन्क डे जङको गोलले बार्सिलोना सुरुमै अगाडि रहन सफल भएको थियो । 

बार्सिलोनाको तीन खेलबाट सात अंक भएको छ । आइतबारकै अन्य खेलमा ओसासुनाले भ्यालेन्सियालाई २–१ र एथलेटिको बिलबाओले रियल बेटिसलाई ४–२ ले हरायो ।

Skip This
Skip This
Logo