ललिता निवास प्रकरण मुद्दाकाे बयान आजदेखि

ललिता निवास प्रकरण मुद्दाकाे बयान आजदेखि

केन्द्रबिन्दु
0
Shares

बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा हिनामिना मुद्दाको बयान आजबाट हुँदैछ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मृत्यु भएका २१ जनालाई पनि वकिल कार्यालयले जग्गा फिर्ता गर्ने प्रयोजनका लागी प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जना थुनामा छन् ।

थुनामा भएकाहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ । १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा छन् । अदालतको आदेशले हाजिर जमानीमा रिहा भएका लोकहरि घिमिरेलाई आइतबार पुनः पक्राउ गरिएको छ । सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेसँगै पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह रिहा भएका छन् ।

बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना  भएको ब्युरोको अनुसन्धान निष्कर्ष छ । पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्री, सञ्चारसचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सह–सचिव सुशील वैद्यलाई प्रतिवादी कायम गरिएको छ । 

Skip This
Skip This
Logo