आइसोलेशन कक्षमा मृत्यु भएका सदाको न्यायको माग गर्दै जनकपुरमा प्रदर्शन

आइसोलेशन कक्षमा मृत्यु भएका सदाको न्यायको माग गर्दै जनकपुरमा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

जनकपुर ।

प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा मृत्यु भएका राजु सदाको न्यायको माग गर्दै दलित संघर्ष समितिले विहिबार जनकपुरधाममा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले मृतक सदालाई न्याय र अस्पतालका चिकित्सकलाई कारवाहीको माग गरेका हुन् । आरडीटी नतिजा पोजेटिभ आएपछि हंसपुर नगरपालिका–७ प्रसाहीका १६ वर्षीय सदालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा जेठ २९ गते भर्ना गरिएकोमा उनको असार ९ गते मृत्यु भएको थियो ।

झाडापखाला लागेको अवस्थामा अस्पतालका चिकित्सकले पानीसम्म नदिएका कारण छटपटिएर राजुको मृत्यु भएको भन्दै समितिले न्यायको मागसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीले केही राउण्ड अश्रुग्यास तथा हवाइ फायर प्रहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले प्रदर्शनकारी मुख्यमन्त्री कार्यालय नजिक अनियन्त्रित भएपछि भीडलाई नियन्त्रण गर्नका लागि केही राउण्ड अश्रुग्यास प्रहार गरिएको बताए ।रासस

Skip This
Skip This
Logo