नेकपा फुटाउने अदालत होइन, प्रचण्ड हुन्ः अध्यक्ष ओली

नेकपा फुटाउने अदालत होइन, प्रचण्ड हुन्ः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपालाई अदालतले नभई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फुटाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित जनप्रतिनिधिसँगको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष ओलीले अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य खडा गरेर प्रचण्डले कम्युनिष्ट पार्टीलाई फुटाएको बताएका हुन् । 

उनले भने, ‘अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य तयार गरिएको छ, त्यो उचित होइन, ठीक होइन । अदालतले ऋषि कट्टेलले त्यही नाममा पहिले नै दर्ता गराइसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊ भनेको थियो । अर्को नाम लिएर दर्ता गर्न मैले अनेक कोशिस गर्दा पनि प्रचण्ड जान मानेनन् । अदालतले फुटाएको होईन प्रचण्डले हो ।’

प्रचण्ड अलग भएपछि निर्वाचन आयोगले एमालेलाई तलैसम्म फुटाउने षड्यन्त्रमा माधव नेपाललाई सघाएको लागेको आरोप लगाउँदै अध्यक्ष ओलीले भने, ‘प्रचण्ड अलग भएपछि निर्वाचन आयोग, सभामुख र माधव नेपालहरुको संयुक्त साँठगाँठबाट एमाले भदौ १० गते फेरि फुटाए, अदालतमा गएर मुद्दा हालेर ल्याउनेहरु २० प्रतिशतमा फुटाउन मिल्ने भन्ने लाज, शरम छोडेर निर्लज्ज भएर पार्टी फुटाए, एमाले फुटाउन अग्नि सापकोटा र निर्वाचन आयोगले सहयोग गरे, माधव नेपाललाई पार्टी तलैसम्म फुटाउने षडयन्त्रमा निर्वाचन आयोगले पनि सघायो।’

अध्यक्ष ओलीले एमालेसँग कसरी कमाउने नभएर कसरी देश बनाउने भन्ने भिजन रहेको तर्क पनि गरे  । 

Skip This
Skip This
Logo