स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले फराकिलो जित दर्ता गरेको छ। मड्रिडले राति भएको खेलमा रायो भालेकानोलाई हराएको हो।भालेकानोको घरेलु मैदानमा स्टेडियो डि भालेकासमा एट्लेटिकोले ७-० को सानदार जित दर्ता गरेको हो ।
एट्लेकोलाई जित दिलाउन एल्भारो मोरटाले २ तथा एन्टोइन ग्रिजमन, मेम्फिस डिपाए, नाहुयल मालिना, एन्जल कोरेया र मार्कोस लोरेन्टले समान १/१ गोल गरेका थिए ।
जितसँगै एट्लेटिको तीन खेलबाट सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानको रियल मड्रिडको नौ अंक छ । भालाकानो ६ अंक सहित आठौं स्थानमा रहेको छ ।





























प्रतिक्रिया