व्याटलको सुरुवात गरेको छुः प्रधानमन्त्री प्रचण्ड

व्याटलको सुरुवात गरेको छुः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकार र पार्टीमा विशेष रुपान्तरणको कार्यक्रम सुरु गरेको बताएका छन्। 

पार्टीको उपत्यका प्रदेश विशेष समितिले मंगलबार बिहान आयोजना गरेको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पार्टी संगठन सुधार गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य दायित्व रहेको बताएका हुन्। 

‘हिजो त्यो क्रान्ती विचार राजनीतिका दृष्टिकोणले एउटा स्पष्टतासहित तल सानो गाउँ र थारैबाट सुरु गरिएको थियो। सरकार र पार्टी नेतृत्वको हैसियतले यो व्याटलको सूरुवात माथिबाट गरेन भने हामी समावाजवादको अधार तयार गर्न सकिँदैन,’प्रधानमन्त्री दाहालले भने,‘सरकार र पार्टीको नेतृत्वकर्ताको हिसावले म आफैले व्याटलको सूरुवात गरेको छु।’

अहिलेको व्याटलमा सबैको साथ र सहयोग आवश्यक पर्ने जनाउँदै प्रधानमन्त्री दाहालले भने,‘अब समाजवादको नयाँ यात्रामा जानुपर्छ।’उनले हिजो जनयुद्ध सूरु गर्दा जुन विचार भावमा पहल गरेको र चौथो केन्द्रीय समितीको बैठकबाट समाजवादी क्रान्तिको सुरुवात भएको बताए। 

Skip This
Skip This
Logo