स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को पूर्वउपाध्यक्ष प्रज्वल बस्नेतको संयोजकत्त्वमा व्यवसायीहरूको छाता संगठन शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) गठन हुने भएकाे छ। विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्ने व्यवसायीहरूको छाता संगठनकाे औपचारिक उद्घाटन गर्न लागेकाे हो।
एप्क्यानलाई समग्र शैक्षिक परामर्श क्षेत्र र व्यवसायीको हकहितमा लड्ने संघको रुपमा स्थापित गर्न लागिएको संघका संयोजक प्रज्वल बस्नेतले बताए। उनले भने,‘शैक्षिक परामर्श क्षेत्रमा क्रियाशिल व्यवसायीलाई एकतावद्ध गरेर सातै प्रदेशमा शाखा विस्तार गर्ने योजनासहित एप्क्यानको जन्म भएको छ।अहिलेको बदलिदो परिवेश र यस समयमा परामर्श क्षेत्रले भोग्नुपरेका समस्या र चुनौतीको डटेर सामना गर्न व्यवसायीहरू एकत्रित भएका छौँ।’































प्रतिक्रिया