साम्प्रदायीक हिंसाको अवस्था अध्ययनका लागि आयोग निर्माण हुन आवश्यक छः सांसद पुन

साम्प्रदायीक हिंसाको अवस्था अध्ययनका लागि आयोग निर्माण हुन आवश्यक छः सांसद पुन

केन्द्रबिन्दु
0
Shares

सांसद वर्षमान पुनले समय समयमा देखा पर्ने साम्प्रदायीक हिंसा लगायतका अवस्थाहरुलाई सम्बोधन गर्न शक्तिशाली आयोगको निमार्ण गर्नुपर्ने बताएका छन् । 

आज प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रिय संस्कृति नीति के हुने र कस्तो हुने भन्ने कुराहरु व्यवस्थित गर्न र साम्प्रदायीक हिंसाको विषयमा अध्ययन अनुसन्धान गर्न आयोग बन्नु पर्ने भन्दै आयोग मार्फत अध्यन गरेर नीति पनि निमार्ण हुनुपर्ने बताएका हुन् । 

उनले भने, ‘नेपाल अन्तराष्ट्रिय कानूनको पक्ष राष्ट्र भएको नाताले र धर्म निरिपेक्ष राज्य नागरिकको धार्मिक, भाषीक र सांस्कृतिक हकको प्रचलन गराउँन र समय समयमा देखा पर्ने साम्प्रदायीक हिंसा लगायतका अवस्थाहरुलाई सम्बोधन गर्न कानुनी ढङ्गले नै यस्ता कुराहरुलाई निरुपन गर्न नेपाल सरकारले एक शक्तिशाली आयोग बनाई यस विषयको अध्यन अनुसन्धान गरी राष्ट्रिय संस्कृति नीति के हुने र कस्तो हुने भन्ने कुराहरु व्यवस्थित गर्नलाई आयोग मार्फत अध्ययनहरु मार्फत एउटा नीति बनोस ।’

विभेदरहित समाज निमार्णमा धार्मिक सद्भाव कायम राख्नुपर्ने राजनीतिक दलहरु र सरकारलाई नयाँ चुनौती देखा परेको पनि उनको भनाई छ । 

Logo