गायक सबु थापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
काठमाडौको दरबारमार्गस्थित क्युज हलमा एक भव्य कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो । समिप इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा स्व. पुर्ण गुरुङको शब्द तथा संगीत रहेको छ ।
दिलिप समनद्धरा निर्देशित म्युजिक भिडियोमा सुनिल न्यौपाने र बिना राउत फिचर्ड छन् । ‘सुनकोशी बग्यो सलल’ म्युजिक भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ गायक यम बरालले भिडियोको बारेमा बोल्दै टिमलाई नै शुभकामना दिए । उनले नेपाली गीत संगीतको पहिले र अहिलेको अन्तरका बारेमापनि बोलेका थिए ।
त्यस्तै, कार्यक्रमका विशेष अतिथीहरु क्रमशः नेपाल पुलिसका एआइजी टेक तामाङ, चर्चित गायक कमल खत्री, एसियन म्युजिकका एमडी ईश्वर गुरुङ, निर्देशक विभोर पोखरेल लगायतलेपनि गीतका बारेका बोल्दै सुनिल र बिनाको कामको तारिफ गरेका थिए । समिप इन्टरटेनमेन्टकी अध्यक्ष मीना बर्तौलाले पनि म्युजिक भिडियोमा जोडिएका सबैलाई बधाई दिएकी थिइन् ।
कार्यक्रममा मोडल बिनाले भिडियोको बारेमा बोल्दै मेलाको फरक सेटमा पहिलोपटक काम गरेको बताइन् । उनले सुटिङका रमाइला किस्साहरु पनि कार्यक्रममा सुनाएकी थिइन् । त्यस्तै, भिडियोका मोडल सुनिलले पनि राम्रो काम गर्न मेहेनत गरेको बताए ।
भिडियोको बारेमा बोल्दै निर्देशक दिलिपले कामको रिजल्ट राम्रो आएको बताए ।
निर्देशक दिलिपले सुनिल र बिनाको जोडीलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । गीतको भाव अनुसार एक मेलाको झझल्को दिन्छ यो म्युजिक भिडियोले । सुनिल र बिनाले मेलामा मज्जाले ठुम्का लगाएका छन् । यस भिडियोलाई दिलिपले निर्देशन गरेका हुन्, भने चिफ एसिस्टेन्ट निर्देशन सुनिल बुढाथोकीले गरेका छन् । त्यस्तै रोशनले कोरियोग्राफी गरेको भिडियोमा हरि हुमागाईको सिनेमाटोग्राफी रहेको छ भने नहकुल खड्काको सम्पादन रहेको छ ।































प्रतिक्रिया