नक्कली फेसबुक आईडी बनाएर अश्लिल फोटो तथा भिडियो राख्ने एक युवक पक्राउ

नक्कली फेसबुक आईडी बनाएर अश्लिल फोटो तथा भिडियो राख्ने एक युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले नक्कली फेसबुक आईडी बनाएर अश्लिल फोटो तथा भिडियो राखेर चरित्र हत्या गर्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भक्तपुर– १४ बस्ने वर्ष २५ का सुसन चौगुठी रहेका छन्। उनले सामाजिक संजाल फेसबुकमा केटी साथीहरूलाई रिक्वेस्ट पठाई साथी बनाउने र प्रेमजालमा पारी विभिन्न बहानामा खिचिएकाअश्लिल फोटो तथा भिडियोहरूको दुरुपयोग गरेको आरोप छ। 

नक्कली आईडी मार्फत उक्त फोटो तथा भिडियो पीडितको आफन्तलाई समेत पठाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ चौगुठीलाई विद्युतिय कारोवार ऐन,२०६३ अनुसार अनुसन्धान एवं कारवाहीको लागी नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरोलाई पठाइएको छ।  

Logo