यस वर्ष रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा एकैदिन

यस वर्ष रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा एकैदिन

केन्द्रबिन्दु
0
Shares

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ। समितिले बिहीबार विज्ञप्ति जारी गर्दै यस वर्ष तिथि घटबढका कारण दुई दिनपर्ने पर्व एकै दिन पर्न गएको जनाएको हो।

बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण सोहीदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समेत समितिले आग्रह गरेको छ। समितिका अनुसार बुधबार ११ः२८ घडी अर्थात् १०ः१७ बजेपछि चतुर्दशी सकिएर पूर्णिमा तिथि लाग्ने पञ्चाङ्गमा उल्लेख छ। 

बिहीबार ५ः१८ घडी मात्रै पूर्णिमा रहेको जनाएको छ। सोहीकारण काठमाडौँ उपत्यकामै कतिपय समुदायले बुधबार नै रक्षाबन्धन गर्ने तयारी गरेका छन्। उदय पूर्णिमा १ घडीमात्र भए पनि त्यही दिन यो पर्व मनाइएको समितिले जनाएको छ। 

Logo