समाजवादी मोर्चाको धनगढी सभा स्थगित

समाजवादी मोर्चाको धनगढी सभा स्थगित

केन्द्रबिन्दु
0
Shares

समाजवादी मोर्चाले आज धनगढीमा गर्ने भनिएको सन्देश सभा अन्तिम समयमा आएर स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि तय गरिएको सभा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूको कार्यव्यस्ततालाई देखाउँदै स्थगित गरिएको हो। 

‘शीर्ष नेताहरूको कार्यव्यस्तताले आजका लागि तय गरिएको सभा स्थागित गरिएको छ,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले भने,‘त्यहाँको कार्यक्रम नेताहरूले आपसी परार्मशमा तय गर्नुहुनेछ।’ 

भदौ ८ गते वीरगन्जबाट सुरु भएको मोर्चाको प्रदेश स्थतरिय सभा भोलि अर्थात भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा हुनेछ। यसअघि हिजो उनीहरुले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा भएको थियो।  

Skip This
Skip This
Logo