कलाकार स‌ंघमा साम्राज्ञी विरूद्ध भुवनकाे ‘छानविन गरिपाउँ’ पत्र

कलाकार स‌ंघमा साम्राज्ञी विरूद्ध भुवनकाे ‘छानविन गरिपाउँ’ पत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं ।

पछिल्लो समय अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले चलचित्र निर्माणको क्रममा निर्माताबाट दुर्वव्यवहारमा परेको कुरा बाहिर ल्याएपछि सामाजिक संजालमा यस विषयले ठुलो रुप लिएको छ । यस विषयमा सुरुमा आरोप प्रत्यारोपमा उत्रिएका अभिनेत्री साम्राज्ञी र अभिनेता तथा निर्माता भुवन केसी अब भने कानुनी रुपमा नै अघि बढ्ने संकेत देखिएको छ ।

हाल भुवनले कानुनी प्रक्रियाकाे पहिलो चरणमा नेपाल चलचित्र कलाकार संघमा एक निवेदन पेश गरेका छन् । साम्राज्ञीको पछिल्लो अभिव्यक्ति पछि दुई दिनसम्म चुप बसेका भुवनले बिहीबार भने सत्य तथ्यको छानबिन गरी आफुलाई न्याय दिलाउन चलचित्र कलाकार संघलाई गुहारेका हुन् ।

सामाजिक संजालमा उनले हरेक कथाको तीनवटा पाटा अरुको ,आफ्नो र सत्यको हुने भन्दै , सत्य के हो त्यो अब नेपाल कलाकार संघ र कानुनले नै फैसला गर्ने उल्लेख गरेका छन् ।

 

 

Skip This
Skip This
Logo