एकात्मक शासन प्रणालीको साधन चढेर संघात्मक राज्यप्रणालीको साध्य छुन सकिन्नः मन्त्री किराती

एकात्मक शासन प्रणालीको साधन चढेर संघात्मक राज्यप्रणालीको साध्य छुन सकिन्नः मन्त्री किराती

केन्द्रबिन्दु
0
Shares

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अहिलेको आवश्यकता र युगलाई धान्न सक्ने गरी पर्यटन बोर्डको ऐन परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । 

बुधबार पर्यटन विकास बोर्डमा पर्यटन बस व्यवसायीहरुको छाता संस्था टुरिष्ट बस एशोसियशन अफ नेपालले आयोजना गरेको एक कार्यक्रममा मन्त्री किरातीले एकात्मक शासन प्रणालीको साधन चढेर संघात्मक राज्यप्रणालीको साध्य छुन नसक्ने भन्दै पर्यटन बोर्डको ऐन फेर्न आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘एकात्मक शासन प्रणालीको साधन चढेर संघात्मक राज्यप्रणालीको साध्य छुन सकिँदैन् । ३५ सालको पर्यटन ऐन यो देशमा राजतन्त्र, पञ्चायत व्यवस्था थियो । त्यो बेलाको कानून बोकेर संघीय प्रणालीमा गणतन्त्रको यो यूग हामी जे यात्रा खोजिरहेका छौ त्यो सम्भब छ्रैन् । त्यसैले यो ऐन फेर्न जरुरी छ ।  हामीले सुझावहरु संकलन गरिरहेको छौं । सुझावको आधारमा ड्राफ्ट कमिटी भईसक्यो अहिलेको आवश्यकता र समयलाई बोक्न सक्नुपर्छ यूगलाई धान्न सक्ने हामीले पर्यटन ऐन बनाउँनुपर्छ ।’

मन्त्री किरातीले राजनीतिको स्थायीत्वको लागि नयाँ ढङ्गले राजनीति गर्न आवश्यक रहेको बताए । अहिलेको सरकारमा राष्ट्रिय सहमतिको लागि पहिला आफूले पद त्याग्नुपरे देशको लागि तयार रहेको पनि उनको भनाइ थियो । 

Logo