‘महिला र दलितमाथि हुने हिंसाका घटनामा कमि आएन’ : कांग्रेस सांसद देव

‘महिला र दलितमाथि हुने हिंसाका घटनामा कमि आएन’ : कांग्रेस सांसद देव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमि आउन नसकेको बताएका छन् ।

सन् २०१७ देखि २०१९ सम्मको तथ्याङ्क प्रस्तुत गर्दै देवले यौंनहिंसा र अन्य विभेदका घटनाहरुमा कमि आउन नसकेको बताएका हुन् । २ वर्षको अन्तरमा ४ हजार ९ सय ४० वटा बलात्कार, बलात्कारको प्रयास र यौनजन्य घटना भएको उनले बताए । जसमा ३ हजार ५ सय बलात्कारका घटना, ४ सय २० बलात्कारको प्रयास र ९ सय ९४ वटा यौनजन्य घटनाहरु घटेको उनले बताए । २६ वटा बलात्कार पछिको घटनामा ३५ प्रतिशत दलित महिला र बालिका रहेको उनले बताए । रुकुम पश्चिममा उच्च जातिय अहंकार र सामन्ती मानसिकताका कारण नवराज विकको हत्या भएको उनले बताए ।

देवले नीति निर्माण र शक्तिको अभ्यास हुने ठाउँमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व गर्न आवाज उठाउन सरकार, राजनीतिक दल र दलित अधिकारकर्मीहरुलाई आग्रह गरे ।

Skip This
Skip This
Logo