राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेल निजी क्षेत्रलाई अपमानित गरेर निरुत्साहित गर्ने क्रियाकलाप भईरहेको बताएका छन्
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति लामिछानेले बिभिन्न ठाउँबाट मारवाडी समुदायलाई लिएर अपमानजनक टिकाटिप्पणी गर्ने गरेको भन्दै निजी क्षेत्रलाई अपमानित गरेर निरुत्साहित गर्ने क्रियाकलाप नगर्न आग्रह गरेका हुन् ।
उनले भने,‘निजी क्षेत्रलाई निरुत्साहित गर्ने अपमानित गर्ने जुन क्रियाकलापहरु भईरहेका छन् । त्यसलाई हामीपनि भत्र्सना गर्न चाहन्छौं । त्यस्तो किसिमको काम नगर्न आग्रह पनि गर्दछु । बिभिन्न ठाउँबाट बिभिन्न मारवाडी समुदायलाई लिएर अपमानजनक टिकाटिप्पणी गर्ने गरेको देखेको छु ।’
सभापति लामिछानेले जुन समाजमा पैसा कमाउँनुलाई अपराध मानिन्छ त्यो समाजमा व्यापार व्यवसाय फस्टाउन नसक्ने बताए । मुलुकलाई धनी बनाउनका निमित्त व्यापार व्यवसाय र उद्योगमा लागेकालाई पैसा कमाउन सक्ने वातावरण सृजना गर्नुपर्ने तर्क गरे ।
उनले भने,‘जुन समाजमा पैसा कमाउँनुलाई अपराध मानिन्छ त्यो समाजमा व्यापार व्यवसाय फस्टाउन सक्दैन् । कल कारखाना खुल्नै सक्दैनन् राजगारी सृजना गर्नै सक्दैनौ । मैले र मेरो पार्टीका साथीहरुले पैसा कमाउँन चाहे भने त्यो गलत हुन्छ । हामीले मुलुकलाई धनि बनाउनका निमित्त व्यापार व्यवसाय उद्योगमा लागेकालाई पैसा कमाउन सक्ने वातावरण बनाउने हो ।’
सभापति लामिछानेले आफ्नो पार्टीबाट निजी क्षेत्रले चन्दाको आतङ्क जीवनभर झेल्न नपर्ने भन्दै निजी क्षेत्रको लागि नीति बनाएर र सहकार्य गरेर अगाडि जाने बताए ।





























प्रतिक्रिया