नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले केही आर्थिक सूचकहरु राम्रो हुँदै गएको बेला सरकार र नेपाल राष्ट्र बैंकले बजारमा जनताको आत्मविश्वास बढाउने गरी नीति ल्याउनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले हालको अवस्था आउनेतर्फ सरकारलाई सचेत गराउन खुट्टा नकमाइकन लागेको समेत उल्लेख गरे । उनले बजारमा केही आर्थिक सूचकको अवस्था हाल राम्रो भएको भन्दै सो बारे लगानीकर्ता र आम जनतामा सकारात्मक म्यासेज जानेगरी सरकारले नीति ल्याउनुपर्ने बताए ।
‘अहिले सरसर्ती हेर्दा पर्यटनका गतिविधिहरु बढेको छ,रेमिट्यान्स र बैंङ्को तरलता पनि बढेको छ । अहिलेको पोजेटिभ इन्डिकेटर भएको बेलामा पोलिसीगत रुपमा सरकारले सर्वसाधारणले उनीहरुको कन्फिडेन्स बढाउने गरेर सरकारको तर्फबाट राष्ट्रबैंकको तर्फबाट पब्लिक कन्फिडेन्स बढाउन जरुरी छ ।’
अध्यक्ष ढकालले निर्माण व्यवसायीहरुको भुक्तानीलाई सरकारको तर्फबाट सुनिश्चित गर्नुपर्ने, नयाँ बनेका तीनओटा इन्टरनेसनल एअरपोर्टलाई नियमित सञ्चालनका लागि सबै निकायबाट पहल गर्नुपर्ने तथा सबै क्षेत्र मिलेर सहकार्यमार्फत अहिलेको आर्थिक अवस्थाबाट छुटकारा पाउन लाग्नुपर्नेमा जोड दिए ।































प्रतिक्रिया