चितवन प्रशासनले हिन्दू नारीहरुको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरेर आउँदै गरेको तीजमा खर्चिला कार्यक्रम गरेर तडकभडक गरेमा कारबाही गर्ने जनाएको हो।
प्रशासनले सूचनामा तडकभडकका साथ तीज मनाउँदा विकृति र सामाजिक अपराधका घटनामा प्रोत्साहन हुने भएकोले त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो। प्रशासनले सार्वजनिक स्थल र पार्टी प्यालेसहरुमा मेला, महोत्सव आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृती आवश्यक पर्ने सूचनामा उल्लेख गरेको छ।
‘सामाजिक शिष्टाचार, नैतिकता र अनुशासन कायम गर्ने कार्यमा जिल्लाका राजनीतिक दल,नागरिक समाज,पेशासगत संघसंस्था सञ्चारकर्मीहरु,महिला सञ्जाल र सम्पूर्ण जिल्लाबासीबाट सहयोगको अपेक्षा गरिएको छ,’सूचनामा भनिएको छ। यदि कसैले कानूनको बर्खिलाप हुने कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।






























प्रतिक्रिया