प्रत्येक वर्ष आउने श्रावण शुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा अर्थात् रक्षाबन्धन भनिन्छ। यस दिनलाई हिन्दुहरुको एउटा विशेष चाडका रुपमा लिइन्छ।
नातन हिन्दू धर्मका १६ संस्कारमध्ये उपनयन संस्कार अर्थात व्रतबन्ध गरेपछि जनै लगाउने गरिन्छ।
जनैपूर्णिमाको अवसरमा जनै लगाउने/फेर्ने प्रचलन भएकाले जनैलाई विशेष रुपमा लिइन्छ। सनातन हिन्दू धर्मका १६ संस्कारमध्ये उपनयन संस्कार अर्थात व्रतबन्ध गरेपछि जनै लगाउने गरिन्छ। रक्षाबन्धन, जनै,लगाउने प्रचलन भएकाले जनै-पूर्णिमालाई धागो र बन्धनको चाडको रुपमा पनि लिने गरिन्छ।
ब्रतबन्धमा गायत्री मन्त्रको उच्चारण गरेपछि निष्ठामय धर्म र सत्यको बाटो अवलम्ब नगर्ने संकल्पसहित गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै लगाउने गरिन्छ। यसरी मन्त्रेको जनै ६ वटा काँचो धागोलाई दुई बेग्ला-बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ।
जनैमा रहने दुईवटा शिखाका छ वटा घाँगाको डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म,उपासना र ज्ञानको योग मानिन्छ। जसलाई वार्षिक रुपमा जनैपूर्णिमाको दिन परिर्वत नगर्ने प्रचलन चल्दै आएको छ।
पहिले–पहिले जनै घरमै अर्थात आफैं बनाउने गरिए पनि पछिल्लो समय भने बजारमा किन्ने प्रचलन बढेको देखिन्छ। जसले गर्दा काठमाडाैँको मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक लगायतका बजारमा जनैको व्यापार बढ्ने गरेको छ।
जनैमा रहने दुईवटा शिखाका छ वटा घाँगाको डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म,उपासना र ज्ञानको योग मानिन्छ।
तर यस वर्ष भने विगतका वर्षहरुमा जस्तो व्यापारको चटारो ती स्थानहरुमा नदेखिएको ब्यापारी बताउँछन। उपभोत्ताहरु पनि घरमा बनाउँदा झन्झटिलो हुने, धेरै समय खर्चिनु पर्ने र युवा पुस्ताले बनाउने तरिका नजान्दा जनै बजारमा किन्ने प्रचलन बढेको पाइन्छ।
जनैपूर्णिमा क्वाँटी , परनिर्भरता
जनैपूर्णिमा विशेष गरी थरी-थरीका गेडागुडी मिसाएर यसको टुसा उमारेर खाइने भएकाले क्वाटीलाई विशेष रुपमा लिने गरिन्छ। क्वाटीको रुपमा विशेष गरी, चना, केराउ, सिमि, बोडी लगायतका नौ थरीका गेडागुडीलाई मिसाइने गरिन्छ।
चिसोको समयमा रोपाई गर्ने व्यक्तिहरुलाई धेरै तागत चाहिने भएकाले क्वाँटी खाने चलन रहेको आम धारण रहेको पाईन्छ। क्वाँटी पोषिलो खानेकुरा भएकाले स्वास्थ्यको दृष्टिले पनि निकै राम्रो मानिन्छ। जनै पूर्णिमा नजिएसँगै क्वाँटीको रुपमा प्रयोग गरिने गेडागुडीको बजारमा माग बढ्ने गर्छ।
क्वाँटी पोषिलो खानेकुरा भएकाले स्वास्थ्यको दृष्टिले पनि निकै राम्रो मानिन्छ। जनै पूर्णिमा नजिएसँगै क्वाँटीको रुपमा प्रयोग गरिने गेडागुडीको बजारमा माग बढ्ने गर्छ।
माग बढेसँगै आन्तरिक उत्पादनले धान्न नसक्दा तेस्रो मुलुकबाट गेडागुडी आयात गर्ने गरिन्छ। भन्सार विभागको तथ्यांक अनुसार गतआर्थिक बर्ष मात्रै क्वाँटीमा प्रयोग हुने र अन्य गरी १८ अर्ब १२ करोड ४ लाख रुपैयाँ बराबरको गेडागुडी भित्रिएको थियो।
त्यस्तै चालु आर्थिक वर्षको साउन महिनामा सिमी ३ हजार केजी, केराउ ७ सय ३० केजी, भटमास १४ सय ४८ केजी, हरियो केराउ २ सय केजीको साथमा अन्य गेडागुडी २ सय १६ केजी आयात भएको देखिन्छ।
विगतका वर्षहरुमा जनैपूर्णिमा नजिकिएसँगै असनका व्यापारीहरुलाई क्ँवाटी बेच्न भ्याई नभ्याई हुन्थ्यो तर यस वर्ष भने आर्थिक मन्दीलगायतका विविध कारणले व्यापार खस्किँएको व्यापारीहरु बताउँछन्।
अघिल्ला वर्षहरुमा काठमाडौँको मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोकमा जनैपुर्णिमा नजिकिएसँगै चहलपहल बढ्न थाल्थ्यो। यो तर यो वर्ष भने जनै पूर्णिमाको अघिल्लो दिनसम्म पनि बजार सुनसानै देखिन्छ। व्यापार गर्ने ब्यापारीका स्थलहरु सुन्य प्राय जस्तै देखिन्थे।































प्रतिक्रिया