नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले २७औँ वार्षिकोत्सव मनाएको छ । संघले बुधवार काठमाडौँको बानेश्वरस्थित होटल एभरेष्टमा एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले वार्षिकोत्सवलाई प्रभावकारी बनाउन विभिन्न सृजनात्मक क्रियाकलाप संचालन गरेको बताए । साथै संस्थालाई यहाँसम्म पुर्याउन भूमिका खेल्ने सबैप्रति उनले आभार व्यक्त गरे । उनले आम नेपाली परामर्श व्यवसायीहरूका साझा समस्या बोक्ने अग्रणी संस्थाका रूपमा इक्यान आज सम्म स्थापित भएको र आगामी दिनमा त्यो भूमिका अझै सशक्त हुने प्रतिबद्धता पनि व्यक्त गरे।
संस्थालाई यहाँसम्म पुर्याउन भूमिका खेल्ने सबैप्रति अध्यक्ष भट्टराईले आभार व्यक्त गरे ।
त्यस्तै, इक्यानका पूर्वअध्यक्ष एवं शैक्षिक परामर्श व्यवसायी संगठनहरुको महासंघका तदर्थ समितीका संयोजक राजेन्द्र बरालले अब शैक्षिक परामर्श व्यवसायीहरु सबै एकैथलोमा आएर यो क्षेत्रको सम्वर्द्धन र प्रवर्द्धनमा लाग्नुपर्ने बताए । नितिगत तहदेखि कार्यान्वयनको तहसम्म मिलेर अघि बढ्दा यो उद्योगले आफ्नो पहिचान कायम हुने बताए ।
.jpg)
बुधबार वार्षिकोत्सव समारोहमा कि–नोट स्पीकरको रुपमा स्टान्र्डड चार्टड बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनिरभन घोष दास्तीदारले सफलताका निम्ती आवश्यक पर्ने विभिन्न सुत्रबारे सहभागीहरुसमक्ष आफ्ना भनाई राखेका थिए । छलफलको क्रममा सहभागीहरुले बैंकका सिइओ दास्तिदारसँग शैक्षिक र व्यवसायिक क्षेत्रका विषयमा विभिन्न जिज्ञासा राखेका थिए ।
इक्यानले आगामी दिनमा नेपाली विद्यार्थीलाई विदेश पठाउने भूमिकामा मात्र सिमित नभएर विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि ल्याउनको निम्ति भूमिका खेल्नुपर्ने प्यानल डिस्कसनको निष्कर्ष थियो ।
कार्यक्रममा नेपालको समग्र शैक्षिक क्षेत्रको उन्नयन, शैक्षिक परामर्श व्यवसायको भूमिका, नेपाललाई अन्तराष्ट्रियस्तरमै शैक्षिक हब बनाउनका निम्ती आवश्यक योजना र निति निर्माणका क्षेत्रमा विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भएको प्यानल डिस्कसन संचालन गरिएको थियो । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, नेकपा एमालेका प्रमुख सचेतक पूर्वमन्त्री पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले प्यानल डिस्कसनमा आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन इक्यानका महासचिव दीपकराज गिरिले गरेका थिए भने मोडरेटरको भूमिकामा संचारकर्मी रुपेश श्रेष्ठ थिए । इक्यानले आगामी दिनमा नेपाली विद्यार्थीलाई विदेश पठाउने भूमिकामा मात्र सिमित नभएर विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि ल्याउनको निम्ति भूमिका खेल्नुपर्ने प्यानल डिस्कसनको निष्कर्ष थियो ।





























प्रतिक्रिया