पाकिस्तानमा पिताले गरे डाक्टर छोरीको हत्या

पाकिस्तानमा पिताले गरे डाक्टर छोरीको हत्या

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानमा एक पीताले डाक्टर छोरीको हत्या गरेका छन्। विवाहको बिषयलाई लिएर मतभेद बढेपछि पीताले आफ्नो डाक्टर छोरीको हत्या गरेका हुन। 

पाकिस्ताको पञ्जाब प्रान्तमा ती बाबुले आफ्नी २५ वर्षीया डाक्टर छोरीले इज्जत गुमाउन लागेको भनेर गोली हानी हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्। 

सो घटना पञ्जाबको राजधानी लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको मियाँवालीमा भएको हो। सिद्रा खान आफ्नो सहकर्मी डाक्टरसँग विवाह गर्न चाहन्थे तर उनका बुबाले मानेनन्।

सोही बिषयमा बाबु र छोरीका बिचमा आन्तरिक बिबाद बढदै गए पछि पिताले आफनो छोरीलाई गोली हानेका थिए। पीताले हानेको गोली लागेकी डाक्टर सिद्रालाई घाइते अवस्थामा अस्पताल पुर्‍याइएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo