क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हालै जारी गरिएको राजनीतिक नक्सा सच्याउन चीन सरकारलाई आग्रह गरेको छ। नेपालको भू-भाग भारतमा देखाइएको भन्दै सो पार्टीले चीनसमक्ष यस्तो आग्रह गरेको हो।
'चीन सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालको उक्त भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा नसमेटिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यो स्थितिमा हाम्रो पार्टी चीन सरकारलाई उक्त नक्सा सच्याई नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्न हार्दिक अनुरोध गर्दछ', विज्ञप्तिमा उल्लेख छ।
'वास्तविक नक्सा जारी गरेको देखाएर नेपाली जनताका सामु देशभक्त भएको बहाना गर्ने र त्यसको आधिकारिक जानकारी नदिएर भारतीय शासक वर्गलाई नचिढ्याउने तत्कालीन ओली सरकारको घोर राष्ट्रघाती र जनतालाई गुमराहमा पार्ने काम हो', विज्ञप्तिमा थप भनिएको छ -'हाम्रो पार्टी यसको तीव्र विरोध गर्दछ र कूटनीतिक माध्यममार्फत राष्ट्रसङ्घ सहित सम्बन्धित सबै देशहरूलाई नयाँ नक्सा सम्बन्धी निर्णयको जानकारी दिन र त्यसको कार्यान्वयन गराउन वर्तमान नेपाल सरकारसँग जोडदार माग गर्दछ ।'































प्रतिक्रिया