श्रृजनशील उद्यमी मेला सुरुः महिला उद्यमीलाई प्रोत्साहन र उत्पादनलाई बजारीकरण गर्ने उद्देश्य

श्रृजनशील उद्यमी मेला सुरुः महिला उद्यमीलाई प्रोत्साहन र उत्पादनलाई बजारीकरण गर्ने उद्देश्य

केन्द्रबिन्दु
3
Shares

‘२०औँ डाबर बाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला २०८०’ शुक्रबारबाट सुरु भएको छ । 

महिला श्रृजनशील केन्द्र र राइजिङ नेपालको आयोजनामा काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा उद्यमी मेला सुरु भएको हाे । श्रृजनशील महिलाको एउटै नारा, उद्यम गरौँ, बनौँ आत्मनिर्भर भन्ने नाराका साथ सुरु भएको मेला तीन दिनसम्म अर्थात् भाद्र १७ गतेसम्म चल्ने छ । 

मेलामा विशेषगरी घरेलु तथा हस्तकलाका सामाग्री, तीज विशेष खानाका परिकारहरु, लत्ताकपडा, श्रृङ्गारका सामग्रीका साथै मौलिकता झल्कने नेपाली उत्पादनहरु पनि राखिएको छ । महिलाहरूले उत्पादनका वस्तुहरूको सहज रुपमा बजारीकरण गर्न र महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न उदेश्यले मेलाको आयोजना गरिएको आयोजकको भनाइ छ । 

८० भन्दा बढी स्टल रहेको मेलाको दश हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । उद्घाटन समारोहमा बाग्मती प्रदेशका उद्योग वाणिज्य तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, मिस नेपाललगायतको उपस्थित रहेको थियो । 

Logo