तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० भदौ १६ गते शनिबार। २ सेप्टेमबर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ। घर व्यवहारमा झमेला रहला, तर साँझमा मन प्रसन्न रहला ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वशिष्ठ व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सफल यात्राको योग पनि छ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज दैनिक कार्यमा सफलता पाइनेछ । राजनैतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ बिजनेश प्लान बन्नेछ । आफन्तसँग भेटघाट पनि हुनेछ, तर यातायात वा वाहनमा खर्च भने बढ्नेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । बजारको यात्रा पनि हुनेछ ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्तिको कारोबार हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनुपर्छ ।
 

Skip This
Skip This
Logo