नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक मेरो अन्य कुनै उदेश्य छैनः प्रधानमन्त्री प्रचण्ड

नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक मेरो अन्य कुनै उदेश्य छैनः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादीः विषेश रुपान्तरण अभियानको उद्घाटन गरेका छन्। 

अभियानको उद्घाटन गर्दै संघर्ष र आन्दोलन भन्दा पर आफ्नो जिवन नरहेको बताएका उनले अब नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक आफ्नो अन्य कुनै उद्देश्य नभएको दाबी गरेका हुन्। 

शनिबार बिहान उक्त अभियानको पार्टी केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली समाजको परिवर्तका लागि आफूले संघर्ष र आन्दोलन गर्दै आएको उल्लेख गर्दै आफ्नो जिवनमाअबको बाटो नेपाली समाजको रुपान्तरणका लागि योगदानगर्ने मात्रै भएको दाबी गरे । 

उनले भने,‘मैले बारम्बार भन्दै आएको छु,मेरो जिवन संघर्ष र आन्दोलन भन्दा पर छैन। देश र जनता प्रति समर्पित हुँदै नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक मेरो अन्य कुनै उद्देश्य पनि छैन।’

उनले आफूले प्रधानमन्त्री भएदेखि नै लिएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको पक्षमा लिएको प्रतिज्ञालाई नतोड्ने पुन प्रतिवद्धता जनाए। त्यस्तै उनले क्रान्तिदेखि शान्तिसम्मको यात्रामा आफ्नो हरेक समय,पाइला र पल जनताको पक्षमा वितेको दाबी गरे।

‘जिवनको युवा अवधिदेखि मेरो पूर्ण समय क्रान्ति ,परिवर्तन र जनताको पक्षमा वित्यो। अब जनताले चाहेको सुशासन,संमृद्धि र सामाजिक न्यायको क्षेत्रमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिज्ञा मैले लिएको छु। हिजो क्रान्तिको क्षणमा होस् या आज शान्तिको क्षणमा मेरा हरेक पाइला,हरेक क्षण, हरेक समय देश र जनताकै पक्षमावितेका छन्,’दाहालले भने। 

साथै,अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेका कारण राजनीतिक दल र नेतृत्व प्रतिको निराशालाई आशामा परिणत गराएको चर्चा गरे।

Skip This
Skip This
Logo