बर्दिया कारागारबाट एकजना कैदी फरार

बर्दिया कारागारबाट एकजना कैदी फरार

केन्द्रबिन्दु
0
Shares

बर्दिया कारागारमा कैद सजाय काटिरहेका एक कैदी आज बिहान कारागारबाटै फरार भएका छन्। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाय पाएर विगत एक बर्षदेखि कैद भुक्तान गरीरहेका ठाकुरबाबा नगरपालिका-८ का २७ बर्षीय अजित बुढाक्षेत्री बर्दिया कारागारबाट भागेका हुन्। 

उनी आइतबार बिहान करिब ३ बजे कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हाम फालेर फरार भएको बर्दिया कारागारका प्रमुख सन्तोष वि.कले बताए। उनका अनुसार बुढाक्षेत्रीले गत एक बर्षदेखि बर्दिया कारागारमा कैद भुक्तान गरीरहेका थिए। 

अनुसन्धानको क्रममा बुढाक्षेत्री कट्टु मात्र लगाएको अवस्थामा भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधिरराज शाहीले बुढाक्षेत्री फरार भएको थाहा पाउना साथ नेपाल प्रहरी र शशस्त्र प्रहरीको टोली परिचालन गरेर खोजी कार्य भइरहेको जानकारी दिए। 

उनले भने,‘भारतीय नाका सिल गरी भारतीय प्रहरी र भारतीय सिमा सुरक्षा बलसँग समन्वय गरी हुलिया समेत पठाइएको छ। बर्दिया जिल्लाका छिमेकी जिल्लाहरुमा समेत हुलिया पठाएर खोजी कार्य गरिरहेका छौँ।’

२०७१ सालमा ठाकुरबाबा नगरपालिका ८ कै जोरासिंह थापाको हत्याको अभियोगमा बुढाक्षेत्री पक्राउ परेका थिए। अदालतमा बयान दिन जाँने क्रममै फरार भएका उनलाई प्रहरीले गत बर्ष मात्र पक्राउ गरेको थियो। क्षेत्रीलाई अदालतले कर्तव्य ज्यान मुद्दा र फरार अभियोगमा ३० बर्षको कैद सजायको फैसला सुनाएको थियो। 

Skip This
Skip This
Logo