जुम्लामा जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

जुम्लामा जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नाग्म गमगडि राजमार्गको कनकासुन्दरी ४ स्थित ठगुनेरामा जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार भे १ ज १०९९ नम्बरको जिप दुर्घटना भएको छ।

दुर्घटनामा अन्य यात्रु नभएको, चालक र सहचालकको घटनास्थलमा ज्यान गएको छ। उनीहरूको नाम र पहिचान हुन खुलेकाे  छैन।  घटनाको विस्तृत विवरणका लागि प्रहरी हवलदार रमेशबहादुर रावलको नेतृत्वमा १२ जना प्रहरी घटनास्थलमा पुगेका छन्। 

Logo