नेपाली काँग्रेसले संगठन सुदृढीकरणका लागि गर्ने भनेको ‘समुदायमा काँग्रेसः राष्ट्रव्यापी अभियान’ स्थगित गरेपछि रूपान्तरण पक्षले देशैभर प्रतिनिधि सभा क्षेत्र केन्द्रित कार्यक्रम घोषणा गरेको छ।
गत साउन १० मा सकिएको केन्द्रीय समिति बैठकले भदौ १० गतेदेखि भदौ २४ गतेसम्म राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरेको काँग्रेसले तत्कालका लागि अभियान स्थगित गरेपछि रूपान्तरण पक्षधरले काठमाडौँमा बैठक गरेर निर्वाचन क्षेत्र केन्द्रित राष्ट्रव्यापी अभियान गर्ने निर्णय गरेका हुन्।
नेपाली काँग्रेसका नेता जगदिश नरसिंह केसीले,पार्टीले पार्टीको आन्तरिक सुदृढीकरण अभियान कुनैपनि बहानामा नरोकिने बताएका छन्। भदौ २४ गते बिपी जन्मजयन्तीदेखि कात्तिक २४ गते गणेशमानसिंह जन्मजयन्तीसम्म रूपान्तरण अभियान संचालन गरिने उनले जानकारी दिए।
‘यही भदौ २४ गतेदेखि कात्तिक २४ गतेसम्म ७७ जिल्ला, १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा रूपान्तरण अभियान लैजाने निर्णय भएको छ,’उनले भने।
आफूहरुले थालेको अभियानले पार्टीले गर्ने आधिकारीक निर्णयलाई सहयोग नै पुग्ने उनको दाबी छ। यदी पार्टीले आधिकारीक रुपमा अभियान चलाए आँफूहरु त्यो अभियानमा सक्रिय सहभागि हुने उनको भनाई छ।
यसबीचमा कार्यकर्ताहरू र जनतासँग पनि संवाद गरिने र प्राप्त भएका सुझाव नेतृत्वलाई बुझाउनेउनले बताए। सभापति देउवासहित अहिलेका पदाधिकारीहरू विधि र विधानअनुसार नचलेको उनको आरोप छ।































प्रतिक्रिया