एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले १०० रन पूरा गरेको छ ।
श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १०० रनको आँकडा पूरा गरेको हो । हाल क्रिजमा ओपनर आसिफ शेख र गुल्सान झा रहेका छन् ।
नेपालको चौथो विकेटमा कुशल मल्ललाई २ रनमै गुमाएको हो ।
त्यसअघि नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेलाई गुमाएको थियो । खेलको ९ दशमलव ५ ओभरमा कुशललाई शार्दुल ठाकुरले विकेटकिपर इशान किशनबाट क्याच गराएका थिए । कुशलले २५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३८ रन बनाएका थिए । कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६५ रनको साझेदारी गरेका थिए ।
त्यसपछि दोस्रो विकेटमा भिम सार्कीलाई गुमाएको हो । सार्कीले १७ बलमा ७ रन बनाएर आउट भए । साथै कप्तान रोहित कुमार पौडेल ५ रनमै पवेलियन फर्किए ।





























प्रतिक्रिया