नेपाल बैंकद्वारा फोटो पत्रकार महासंंघलाई १०० थान प्रेस ज्याकेट सहयोग

नेपाल बैंकद्वारा फोटो पत्रकार महासंंघलाई १०० थान प्रेस ज्याकेट सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल फोटो पत्रकार महासंघलाई नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले १ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ ।

उक्त परिणामको प्रेस ज्याकेट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा आयोजित कार्यक्रमका बीच महासंघका केन्द्रिय अध्यक्ष ध्रुब आले र केन्द्रीय पदाधिकारीहरुको टोलीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण गरेकी हुन् ।

कोरोना महामारीका कारण जारी लकडाउनमा फोटो खिच्न कार्यक्षेत्रमा जानै पर्ने फोटोपत्रकारको पेशागत बाध्यताका कारण प्रेस ज्याकेटको माग बढेपछि महासंघले विभिन्न संघसंस्थाहरु मार्फत सहयोग जुटाउने पहल गरेको हो ।

महासंघले जिल्ला तथा प्रदेशबाट माग भई आएको विभिन्न परिमाणको प्रेस ज्याकेट, मास्क र सेनीटाईजरहरु कार्यक्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई उपलब्ध गराईरहेको छ । कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता प्रकाश कुमार अधिकारी, कम्पनी सचिव केशव प्रसाद भण्डारी, मूख्य प्रवन्धक दीपेन्द्रराज काफ्ले र सहायक प्रवन्धक धर्मेन्द्र तिम्सीना उपस्थित थिए । त्यसैगरि महासंघको तर्फबाट केन्द्रिय महासचिव हरिप्रसाद रेग्मी, केन्द्रिय सचिव वालकृष्ण थापा, केन्द्रिय सहसचिव नरेश श्रेष्ठ र काठमाडौं शाखाका सचिव किरण पन्थ लगायत उपस्थित थिए ।

Skip This
Skip This
Logo