‘आइएसएमटी एक्स्पो -२०२३’ सम्पन्न, बन्यो विद्यार्थीको आकर्षणकाे केन्द्र

‘आइएसएमटी एक्स्पो -२०२३’ सम्पन्न, बन्यो विद्यार्थीको आकर्षणकाे केन्द्र

केन्द्रबिन्दु
0
Shares

बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँस्थित आइएसएमटी कलेजको ‘आइएसएमटी एक्स्पो २०२३’ सम्पन्न भएको छ । 

विद्यार्थीहरूलाई सूचना प्रविधिबारे ज्ञान दिने उद्देश्यले गत शनिबार सुरु भएको एक्स्पो सोमबार एक विशेष समारोहकाबीच समापन गरिएको हो । कलेजले प्रयोगात्मक शिक्षालाई प्राथमिकतामा राखेर अध्यापन गर्दै आएको र सोही अनुसार एक्स्पो आयोजना गरेको हो।  

यो कार्यक्रममा विद्यार्थीले नै बनाएका प्रोजेक्टहरु एक्स्पोमा प्रर्दशन गरिएको र एक्स्पो विद्यार्थीका लागि महत्वपूर्ण अवसर रहेको आइएसएमटीका विजनेस डेभलपमेन्ट प्रमुख बासुदेव वस्तीले जानकारी दिए । विद्यार्थीलाई किताबी ज्ञान मात्र पर्याप्त नहुने बताएका उनले पढाईका क्रममा पाठ्यक्रममा सिकेको ज्ञानबाट बनाइएका सामान एक्स्पोमा प्रदर्शनीमा राखिएको बताए । 

विद्यार्थीलाई किताबी ज्ञान मात्र पर्याप्त नहुने बताएका उनले पढाईका क्रममा पाठ्यक्रममा सिकेको ज्ञानबाट बनाइएका सामान एक्स्पोमा प्रदर्शनीमा राखिएको बताए । 

एक्स्पोमा विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित प्रोजेक्टहरु रहेका छन् । एक्स्पोमा ११ भन्दा बढी स्टल राखिएको थियो । सो एक्स्पोले एआईलगायत सफ्टवेयरका विषयमा विद्यार्थीहरूलाई जानकारी गराएको कलेजले बताएको छ ।

एक्स्पोमा काठमाडौँलगायत उपत्यका बाहिरका विभिन्न कलेजका विद्यार्थी अवलोकनका लागि आएको र उत्साहका साथ अवलोकन गरेको पनि बताइएको छ ।

एक्स्पोमा काठमाडौँलगायत उपत्यका बाहिरका विभिन्न कलेजका विद्यार्थी अवलोकनका लागि आएको र उत्साहका साथ अवलोकन गरेको पनि बताइएको छ । एक्स्पोले सबैको सकारात्मक प्रतिक्रिया पाएको थियाे । 

Skip This
Skip This
Logo