काठमाडौँ विजनेश क्याम्पसको टेक ट्रेण्ड्स सिम्फोजियम शनिबार

काठमाडौँ विजनेश क्याम्पसको टेक ट्रेण्ड्स सिम्फोजियम शनिबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोजियम आयोजना गर्ने भएको छ । 

आइटी बेस एजुकेसनका लागि लोकप्रिय काठमाडौं बिजनेश क्याम्पस केबिसीले आइटीको क्षेत्रमा हासिल उपलब्धीको बारेमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ । यहि क्रममा भाद्र २३ गते अर्थात् शनिबार क्याम्पसमै परिसरमा आयोजना हुने सिम्फोजियममा आईटी सेक्टरका इनोभेटिभ ट्रेन्डका बारेमा विज्ञहरुको प्रस्तुती तथा अन्र्तक्रिया हुने बताइएको छ । पछिल्लो समयमा चर्चित आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स र साइबर सेक्युरिटिज विषयमा बृहत छलफल हुने गरि सिम्फोजियम आयोजना गर्न लागेको क्याम्पसका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठले जानकारी दिए । 

‘इमर्जिङ ट्रेन्ड्स इन आइसिटी : अवसर र चुनौतीहरु’ विषयमा कि–नोट स्पीकरका रुपमा माइक्रोसफ्टका समिर थापाको प्रस्तुती यो सिम्फोसियमको आकर्षण हुनेछ । थापाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का बारेमा पनि विशेष सामाग्री प्रस्तुत गर्नेछन् । यस्तै साइबर सेक्युरिटिजको विषयमा विज्ञ डा. डिल्ली शर्माको प्रस्तुती रहनेछ । 

‘इमर्जिङ ट्रेन्ड्स इन आइसिटी : अवसर र चुनौतीहरु’ विषयमा कि–नोट स्पीकरका रुपमा माइक्रोसफ्टका समिर थापाको प्रस्तुती यो सिम्फोसियमको आकर्षण हुनेछ ।

बिसिए र बिबिएस अध्यापन हुने काठमाडौं बिजनेस क्याम्पसमा विद्यार्थीहरुलाई आन्टरप्रनरसिप विकास गर्न नन क्रेडिट कोर्सको रुपमा थुप्रै आइटी बेस पाठ्यक्रमहरु संचालनमा छन् । ति पाठ्यक्रमलाई समयानुसार अपडेट गर्दै लगिएको प्रिन्सिपल श्रेष्ठले बताए । यसप्रकारका सिम्फोजियमले पाठ्यक्रमलाई थप मजबुत बनाउने उनको भनाई थियो । 

काठमाडौँ बिजनेश क्याम्पसमा यसै वर्षबाट एआई, डाटा साइन्स र साइबर सेक्युरिटिज विषयलाई तेस्रो सेमेष्टरबाट नै सुरु गर्ने तयारी गरेको छ ।

सिम्फोजियम मार्फत विद्यार्थीले आफूलाई कुन विषयमा जाँदा सक्षम र गुणस्तरिय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने बारेमा बुझ्ने क्याम्पसले विश्वास लिएको छ । सो दिन ती विषयका विज्ञहरुसँग अहिले बजार व्यवस्थापन कतातिर जाँदैछ, के हुँदैछ भन्ने कुरामा पनि स्पष्ट हुन सकिनेछ । 

साथै काठमाडौँ बिजनेश क्याम्पसमा यसै वर्षबाट एआई, डाटा साइन्स र साइबर सेक्युरिटिज विषयलाई तेस्रो सेमेष्टरबाट नै सुरु गर्ने तयारी गरेको छ । त्यसबाट विद्यार्थीहरुले ज्ञान र सिप दुवै हासिल गर्नसक्ने क्याम्पसले विश्वास लिएको छ । यी सबै विषयलाई समेट्ने शनिबारको सिम्फोजियम निकै महत्वपुर्ण हुने बताइएको छ ।

Skip This
Skip This
Logo