आज २०८० भदौ २० गते बुधबार। ६ सेप्टेमबर २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आजको दिन सामान्य नै रहनेछ । लत्ता कपडामा बढी धन खर्च हुने र सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज धार्मिक कार्यमा सरिक भइनेछ । शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आँटेको र ताकेको कार्य पनि पुरा होला ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
नयाँ कमको थालनी हुनेछ । अचल सम्पत्ति हात पर्ला । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। प्रेममा पनि वाधा आउनसक्छ, तर शुभकार्यको चर्चा भने चल्नेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन पनि कसिने बेला छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अधुरो काम पूरा हुनेछ। मन्दिर दर्शनका लागि यात्राको सम्भावना छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । झैझमेलाको अवस्था आउला। फलदायी यात्रा नहोला, तर सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ। मनोरञ्जनमा सहभागिता भइनेछ।आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला।































प्रतिक्रिया