कर्णालीमा पनि पुग्यो सलह, उच्च सतर्कता अपनाउने तयारी

कर्णालीमा पनि पुग्यो सलह, उच्च सतर्कता अपनाउने तयारी

केन्द्रबिन्दु
0
Shares

सुर्खेत।

केही दिन अघि नेपालमा प्रवेश गरेको सलह किरा कर्णालीमा आइपुगेको छ । सल्यानका विभिन्न स्थान र सुर्खेतको लेकवेंशी नगरपालिका–३ दशरथपुरमा सलहको सानो समूहमा देखिएको कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरले जनाएको छ ।

नार्कका सूचना अधिकारी केशवराज पोखरेलले दशरथपुरमा सानो समूह देखिए पनि कर्णाली प्रदेशमा सलहको बथान प्रवेश गरिसकेको बताए। “दशरथपुरमा सानो समूह देखिए पनि कर्णालीमा सलहको बथानै आइसकेको हुन सक्छ,” उनले भने, “अब सलह नियन्त्रणका लागि किसानले सजगता अपनाउने समय आइसक्यो ।”

सुर्खेतमा सलह देखिएसँगै कर्णाली प्रदेशले उच्च सतर्कता अपनाउने तयारीमा जुटेको छ । सलहलाई धपाउने उपायको खोजी गर्दै १० वटै जिल्लास्थित कृषि विकास कार्यालय र कृषिसँग सम्बन्धित गैरसरकारी सङ्घसंस्थालाई निगरानी राख्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले सलह नियन्त्रणमा कुनै बेग्लै योजना नबनाए पनि यसलाई धपाउन वा नियन्त्रण गर्न कृषिसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रसँग समन्वय भइरहेको जनाएको छ ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ हरिप्रसाद पण्डितले सलहले खेतीबालीमा ठूलो क्षति पुर्याउन सक्ने हुँदा धानको बीउ छोप्न, ठूलो आवाज आउने गरी ड्रम बजाउन सकिने बताए। “कर्णालीको सन्दर्भमा विषादी छर्कन सम्भव छैन्,” उनले भने, “सबैभन्दा उत्तम विकल्प नै ड्रम, थाली बजाउनु नै हो ।” ठूलो आवाज निकाल्दा सलहको बथान भाग्न सक्ने विज्ञहरुको भनाइ छ ।रासस

Skip This
Skip This
Logo