धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक छः प्रदेश प्रमुख गुरुङ

धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक छः प्रदेश प्रमुख गुरुङ

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक रहेको बताएका छन्। 

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको सत्सङ्कल्प आवश्यक भएको बताए। 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्मोत्सवको दिन मनाइने यो पर्वले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगति ल्याओस् भन्ने उनले कामना गरेका छन्।

‘ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता र पूर्ण अवतार भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात अर्थात् आजकै दिन भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रीको रूपमा मनाइँदै आएको छ’, सन्देशमा भनिएको छ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त समाजलाई एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले सहयोग पुर्याउने प्रदेश प्रमुख गुरुङले विश्वास व्यक्त गरेका छन्।

Skip This
Skip This
Logo