काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्व सांसद दिलकुमारी छन्त्यालप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् । आज पशुपति आर्यघाटमा पुगेर उनीहरुले सांसद छन्त्यालप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
नेपाली कांग्रेस पार्टीबाट २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसद छन्त्यालको ६३ वर्षका उमेरमा बुधबार निधन भएको हो। बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा उनको निधन भएको थियो ।–रासस





























प्रतिक्रिया