परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणकाे कुनै पनि एजेन्डाको टुङ्गो लागि नसकेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको आगामी असोज ६ गते हुने चीन भ्रमणको तयारी भइरहेको, तर एजेन्डाको भने टुङ्गो लागि नसकेको जानकारी दिएका हुन् । ‘सबै मन्त्रालयहरूको तर्फबाट आएका प्रस्ताव अर्थ मन्त्रालय मार्फत परराष्ट्र मन्त्रालय आउने क्रममा छ । हामीले डेलिभरीका विषय उठाउने तयारी गरेका छौँ । तर, अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन् ।’ उनले भने ।
सो क्रममा मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणको बारेमा सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर विभिन्न एजेन्डाका बारेमा छलफल गरेको पनि जानकारी गराए। चीनले नेपाललाई विभिन्न क्षेत्रका सहयोग गर्दै आएको स्मरण गर्दै उनले त्यसका लागि चीनले दिने अनुदान सहायताबारे गम्भीर तयारी भइरहेको बताए ।































प्रतिक्रिया