गगनको प्रश्नः काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ

गगनको प्रश्नः काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले कांग्रेसका सहमहामन्त्री तथा संविधानसभा सदस्य महेन्द्र यादवमाथिको सांघातिक आक्रमणप्रति आपत्ति जनाउँदै सरकारसँग जवाफ मागेका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि आक्रमणले अब काठमाडौंमा एक्लै हिँड्न नपाइने अवस्था सृजना भएको हो भन्दै प्रश्न गरेका छन् । 

यादव भाग्यले बाँचेको भन्दै उनले भने, ‘सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ । तर एउटा सन्काहाले सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण गर्न खोजिँदै छ, थामथुम पार्ने प्रयास हुँदैछ । यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ । राम्रोसँग अनुसन्धान होस् । गृहमन्त्रीलाई सोध्न चाहन्छु– काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ । जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो, हामी सरकारको कामको परिणाम हेर्न चाहन्छौँ ।’ 

उनले सहमहामन्त्री यादवले जेसुकै बोलेको भए पनि बोलेकै आधारमा कसैलाई पनि साङ्घातिक आक्रमण गर्न नपाइने बताए । 

साथै महामन्त्री थापाले कान्ति बाल अस्पतालमा उपचार गराउन नपाउँदा बालिकाको मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए ।  

साथै प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक महेश बर्ताैलाले पनि यादवमाथिको आक्रमणप्रति आपत्ति जनाए । उनले यस घटनाका विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे । 

Skip This
Skip This
Logo