काठमाडौं ।
विश्व बैंकले नेपाल, मालदिभ्स र श्रीलंका तीनै देश हेर्ने गरी नयाँ देशीय निर्देशक चयन गरेको छ ।
देशीय निर्देशकमा फारिस हादाद जेरभोस चयन भएका हुन् । विश्व बैंकको नेपालस्थित उपक्षेत्रीय कार्यालयमा रही तीनै देशको लागि विश्व बैंकको सहायता अन्तर्गत उनले झण्डै साढे ५ अर्ब डलरको पोर्टफोलियो नेतृत्व गर्ने भएका छन् । फारिसले यसअघि नेपालका लागि विश्व बैंकका देशीय ब्यवस्थापकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
यस अघिकी देशीय निर्देशक इदा जे रिदियो नयाँ कार्यभार सम्हाल्ने गरी बिदा भएपछि फारिसलाई नयाँ देशीय निर्देशकमा चयन गरेको विश्व बैंकले जनाएको छ । देशीय निर्देशक फारिस सन् १९९६ मा विश्व बैंकसँग जोडिएका थिए । उनले यसअघि मलेशिया तथा बोलिभियाको पनि देशीय ब्यवस्थापकका रुपमा कार्यरत थिए । फारिसले इराकमा विश्व बैंकको हेड अफ दि मिसनका रुपमा पनि काम गरिसकेका छन् ।
विश्व बैंकले नेपाल, श्रीलंका र मालदिभ्सलाई कोरोनाको महामारीको संकटबाट बच्न कुल ३५ करोड डलर सहयोग गरिसकेको छ । कोरोना महामारीको आकस्मिक सहायता परियोजना अन्तर्गत विश्व बैंकले नेपाललाई स्वास्थ्य सेवाको क्षेत्रका लागि मात्रै २ करोड ९० लाख डलर सहयोग गरिसकेको छ । त्यस्तै, विश्व बैंकले विश्व बैंकले नेपालमा पूर्वाधार, मानव विकास, बित्त तथा सुशासनका लागि पनि ३ अर्ब डलर बराबरको २५ वटा परियोजनाहरुमा काम गरिरहेको विश्व बैंकको पे्रस विज्ञप्तीमा उल्लेख छ ।































प्रतिक्रिया