उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक क्षेत्रको विकास हुन नसकेको यथार्थलाई स्वीकार गर्नैपर्ने बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित विचार गोष्ठीमा उनले कठिन भू-धरातलका कारण ठूला उद्योग संञ्चालनको लागि आवश्यक पूर्वाधार निमार्ण गर्न समेत कठिन भएको बताएका हुन्।
उनले भने,‘यतिका वर्ष बितिसक्दा पनि हामीले औद्योगिक क्षेत्रमा अपेक्षित विकास गर्न नसकेको तितो यथार्थ स्वीकार गर्नैपर्छ। औद्योगिक क्षेत्रको विकासमा हामीले विभिन्न चुनौतिहरूको सामना गरिरहनुपरेको छ। एकातिर हाम्रो कठिन भू-धरातलका कारण ठूला उद्योग संञ्चालनको लागि आवश्यक पूर्वाधार निमार्ण गर्न निकै कठिन छ।’ उनले कुनै पनि मुलुकको आर्थिक विकासको कार्यमा औद्योगिक क्षेत्रको अहम भूमिका हुने गरेको बताए।































प्रतिक्रिया