हङकङ र दक्षिण चीनमा १४० वर्ष यताकै सबैभन्दा ठूलो वर्षा, सयौं प्रभावित

हङकङ र दक्षिण चीनमा १४० वर्ष यताकै सबैभन्दा ठूलो वर्षा, सयौं प्रभावित

केन्द्रबिन्दु
0
Shares

हङकङ र दक्षिणी चीनमा भारी वर्षा भएसँगै ब्यापक बाढी आएको छ। हङकङका सडक र सबस्टेसनहरू पानीले भरिएका छन् भने विद्यालय र कार्यालहरू बन्द गरिएका छन्।

बिहीबारदेखि सुरु भएको मुलधारे वर्षा १४० वर्षयताकै सबैभन्दा ठूलो भएको मौसम अधिकारीहरू बताएका छन्। अधिकारीहरूले उद्धार गरिरहेका छन् भने तस्बीरहरूमा बाढीले भरिएका सडकहरूमा स्थानीयहरू हिँडीरहेका देखिन्छन्।

मौसमका कारण विगत २४ घण्टामा कम्तीमा ८३ जनालाई अस्पताल लगिएको आपतकालीन अधिकारीहरूले शुक्रबार बिहान जानकारी दिएका छन्। वार्षाका कारण पहिरो खस्दा केही सडकहरू अवरुद्ध भएका छन्।

हङकङको सिमानामा पर्ने सेन्जेन सहरले १९५२ मा रेकर्ड सुरु भएदेखिको सबभन्दा ठूलो वर्षाको रिपोर्ट गरेको छ। भारी वर्षाको कारण दक्षिण चीनमा पनि असर पारको छ। 

ग्वाङडोङ प्रान्तमा सयौं उडानहरू अबरद्ध गरिएको छ। स्थानीय अधिकारीहरूले अचानक बाढीको चेतावनी दिएका छन् भने तल्लो क्षेत्रका बासिन्दाहरूलाई खाली ठाउँमा बस्न सल्लाह दिएका छन्। दक्षिणी चीनको घना जनसंख्या भएको तटीय क्षेत्रमा करोडौं मानिस बस्दै आएका छन्।

हङकङका सामाजिक सञ्जालमा पानी बगीरहेका सडकहरू देखिएका छन्। सडकहरू उग्र नदीहरूमा परिणत भएका छन्। पानी प्लेटफर्महरू चढेको देखाइएको छ। हङकङको मुख्य टापुलाई यसको उत्तरम रहेको काउलुन प्रायद्वीप जोड्ने प्रमुख सुरुङक मार्ग क्रस हार्बर पनि डुबानमा परेको थियो।

मौसम अधिकारीहरूले बिहीबार रातिलाई भारी वर्षाको संकेत गरेका थिए। एक घण्टामा ७० मिलिमिटरभन्दा बढी वर्षा हुने चेतावनी दिएका छन्। त्यो रातपछि हङकङ अब्जर्भेटरीले प्रतिघण्टा १५८.१ मिलिमिटर वर्षा भएको प्रतिवेदनमा देखिएको थियो। यो सन् १८८४ मा रेकर्डहरू सुरू भएकादेखिकै उच्च हो। 

हङकङ टापु, काउलुन र सहरको उत्तरपूर्वी भागमा १८ः०० स्थानीय समय (१०ः०० जिएमटी) र मध्यरातको बीचमा २०० मिलिटरभन्दा बढी वर्षा रकर्ड गरिएको थियो। यो वर्षा सामान्यभन्दा बढी हो।

शेन्जेनले जलाशयबाट पानी निकाल्ने तयारी गरिरहेको थियो तर हङकङका अधिकारीहरूले उत्तरी भागमा बाढी आउने चेतावनी दिएका थिए । चीनको सौसम प्रशासनले शुक्रबार र शनिबार देशको दक्षिणपश्चिम क्षेत्रमा अत्यधिक वर्षा हुने अनुमान गरिएको छ।

एक सातामा साओला र हाइकुई नामक दुई टाइफुनले दक्षिणी चीनमा आएसँगै भएको वर्षाले सहर बन्द गराएको हो। बारम्बार आउने उष्ण तटीय अधिहरूको तीव्रताका कारण अचानक बाढी आउँदा क्षति वृद्धि हुँदै गएको छ।

Skip This
Skip This
Logo