१५ औँ महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौँः गगन थापा

१५ औँ महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौँः गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दाइले भाउजूलाई टिकट दिने परिपाटी १५ औँ महाधिवेशनबाट हटाउने उद्घोष गरेको छन् ।सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ८ लाख सदस्य भएका काँग्रेस अहिले शिथिल बनेको बताएका हुन्।

उनले भने, ‘तपाईंहरुलाई वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ। तर, त्यही वडाको अध्यक्षको उम्मेदवार छान्नुपर्‍यो भने चाहिँ तपाईँको अधिकार खोसिएर त्योभन्दा माथि जान्छ । म महामन्त्री भएकाले अहिले टिकट बाँडेको नजिकबाट हेरेँ। पहिलो पटक म त्यहाँ सम्मिलित भएँ । तपाईँले सबै अधिकार दाइलाई दिनु भयो भने दाइले टिकट भाउजूलाई दिन्छन् । सबै अधिकार दाइलाई दिएपछि भाउजूलाई दियो भनेर विरोध हुन्छ। दाइलाई टिकट भाउजूलाई दिन्छ । त्यसैले दाइले भाउजूलाई टिकट नदिने अवस्था कसरी बनाउने रु भोलि अर्को दाइले भाउजूलाई देला । कुनै एउटा दाइको कुरा मात्रै होइन । १५ औँ महाधिवेशनबाट यो परिपाटी बदल्नुपर्छ ।’

उनले अहिले काँग्रेसभित्र विभेद र न्याय नभएपछि असन्तुष्टि बढेको गुनासो गरे । उनले अब उम्मेदवार छान्न स्थानीय नेता कार्यकर्ताबाटै छान्नुपर्ने बताए ।

Skip This
Skip This
Logo