यस्ताे छ आज फलफूल तथा तरकारीको मूल्य

यस्ताे छ आज फलफूल तथा तरकारीको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ४०,काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४८,भारतीय सुकेको प्याज,७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ। 

बजारमा आज गाजर प्रतिकेजी १३०,मूला रातो १००, घिउ सिमी लोकल ७०,भन्टा लाम्चो ५०,मकै बोडी ९०, भटमास कोशा १००,तितो करेला ८०,लौका ४०, परवल लोकल ५०, हरियो फर्सी ५०, घिराैंला३० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३००, कन्य च्याउ १८०, कुरीलो ४५०,ब्रोकाउली  २५०, भिण्डी ५०, रायो साग १००,तोरीको साग ५०, हरियो प्याज १८०,काँक्रो लोकल ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ।

फलफूलमा आज केरा दर्जनको १४०, फूजी स्याउ ३२०, अनार ३००, अंगुर कालो ४५०, तरबुजा ६०, मौसम १५०, लोकल नासपाती ७०, भारतीय मेवा ८०, आभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । 

Skip This
Skip This
Logo