सरकारले जनताले अपेक्षा गरे अनुसारको काम गर्न सकेको छैनः सभापति खतिवडा

सरकारले जनताले अपेक्षा गरे अनुसारको काम गर्न सकेको छैनः सभापति खतिवडा

केन्द्रबिन्दु
0
Shares

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले देशमा सुशासनको अवस्था कमजोर भएको बताएका छन् । 

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति खतिवडाले जनताले सरकारबाट अपेक्षा गरे जस्तो कामहरु गर्न नसकेको बताएका हुन् । 

‘देशमा सुशासनको अवस्था कमजोर छ । सरकार बनेकोमा मान्छेहरुले ठुलो आकांक्षाहरू राखेका छन् । त्यो अपेक्षा अनुसारको काम गर्न सकेको छैनौ । सरकारले पनि गर्न सकेको छैन् । जहिले पनि राजनीतिक पार्टीहरु एक आपसको मुद्दामा आफै झगडा गरेर मात्र बस्ने सेवाहरु जनतालाई दिन नसक्ने पद्धतिले जनतामा निराशा उत्पन्न गरेको छ ।’ 

आत्महत्यालाई नियन्त्रण गर्नको लागि सरकारी स्तरबाट मात्रै नभई सबै क्षेत्रबाट नयाँ आयामहरुको खोजी हुनुपर्ने सभापति खतिवडाले बताए । 

Skip This
Skip This
Logo