एसिया कपको सुपर फोरमा वर्षाको कारण भारत र पाकिस्तानबीचको खेल रोकिएकोछ ।
आइतबार श्रीलंकाको कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको हो ।
अब खेलमा भारतले ब्याटिङ गर्न नपाए र २० ओभरको खेल हुन सक्ने अवस्था देखिए पाकिस्तानले डकवथ लुइस प्रणालीअनुसार नयाँ लक्ष्य पाउने छ । उसले २० ओभरमा १८१ रनको लक्ष्य पाउने छ ।
तर, भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएको छ । त्यसैले यदि खेल आज पूरा हुन नपाएमा सोमबार हुनेछ ।





























प्रतिक्रिया