काठमाडौं ।
गण्डकी प्रदेशमा आज थप २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गण्डकीका ६ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।
आज नवलपरासी बर्दघाट सुस्तापूर्वका १२ जना, स्याङ्जाका ८, बाग्लुङका ३ जना, गोरखाका ३ जना र कास्की र तनहुँका एक, एक जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै गण्डकी प्रदेशमा अब कोरोना सङक्रमितको संख्या ९९४ छन् । जसमध्ये २१४ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको मृत्यु गएको छ ।





























प्रतिक्रिया