विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले विश्वविद्यालयहरुले गुणस्तरण मान्यता प्राप्त क्याम्पसहरुलाई छुट्टै हैसियत दिन सक्नुपर्ने बताएका छन् ।
गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणीकरण भएको उपलक्ष्यमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन समारोहमा अध्यक्ष अधिकारीले क्यूएई प्राप्त क्याम्पसहरुलाई नयाँ नयाँ कार्यक्रमहरु सञ्चालन गर्न र स्वतन्त्र बनाउन आवश्यक भएको भन्दै छुट्टै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘विश्वविद्यालयहरुले पनि क्यूएइ प्राप्त क्याम्पसहरुलाई छुट्टै हैसियत दिन सक्नुपर्छ । विश्वविद्यालय अनुदान आयोगले यो विषयमा कमि महशुस गरेको छ । यस्तो क्याम्पसहरुलाई नयाँ नयाँ कार्यक्रमहरु सञ्चालन गर्न दिनु पर्छ, यी क्याम्पसहरुलाई स्वतन्त्र बनाउँनु पर्छ । विश्वविद्यालयहरुलाई यही मञ्चबाट आग्रह गर्न चहान्छु यस्तो क्याम्पसहरुलाई मौका दिनु पर्छ ।’
यस्तै, अध्यक्ष अधिकारीले सामुदायीक क्याम्पसहरुलाई पनि क्यूएइको चक्रमा ल्याउनुपर्ने भन्दै केही समयमा क्याम्पसहरुलाई डिग्री अवार्डिङ् क्याम्पसको रुपमा परिणत गर्नुपर्ने बताए । उनले भने, ‘प्रथम पटक गुणस्तर प्राप्त भएको छ, दोस्रो र तेस्रो पटक पनि गुणस्तर प्राप्त भएपछि कुनै बेला यी क्याम्पसहरुलाई डिग्री अवार्डिङ् क्याम्पसको रुपमा परिणत गर्नुपर्छ, आफै स्वतन्त्र भएर क्याम्पसहरु चलाउनुपर्छ । हामी त्यसको लागि तयार हुनुपर्छ ।’































प्रतिक्रिया