एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

केन्द्रबिन्दु
0
Shares

संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ।

मध्य राति हृदयाघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लैजाने क्रममा निधन भएको अस्पताल स्रोतले बताएको छ। प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू राति नै अस्पताल पुगेका थिए।

 पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए। ७१ वर्षीय नेम्वाङ नेकपा एमाले संसदीय दलको उपनेता समेत रहेका थिए । 

Skip This
Skip This
Logo