सुवास नेम्वाङको निधनले स्तब्ध छुः सभापति देउवा

सुवास नेम्वाङको निधनले स्तब्ध छुः सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन्।

आज बिहान सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन्।

‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ गए राति हृदयाघातका कारण नेम्वाङको निधन भएको थियो ।

Skip This
Skip This
Logo