सवारी दुर्घटनामा प्राचार्य सुवेदीको मृत्यु

सवारी दुर्घटनामा प्राचार्य सुवेदीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व-पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगबार साँझ उनी सवार प्र १-०१-०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२४८ नम्बरको बोलेरो जीपले ठक्कर दिएको थियो।

सो दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि विर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्याइएको थियो। उनलाई हस्पिटलमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

हाल दुर्घटनामा संलग्न बोलेरो जीपका चालक पाँचथर हिलिहाङ गाउँपालिका वडा नं ७ बस्ने ३७ वर्षीय होमप्रसाद सेन्च्युरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए।

Logo